के हाे बिटक्वाइन ?

के हाे बिटक्वाइन ?

बिटक्वाइन भनेको एउटा डिजिटल मुद्रा (Currency) हो । जसको निर्माण र सञ्चालन विद्युतीय रूपले हुन्छ । यो दुनियाँमा प्रयोग भएका कम्प्युटरले गरेको गणितीय समस्याको समाधानबाट उत्पादित मुद्रा हो । जसको उत्पादन हुने प्रक्रियालाई हामी ‘माइनिङ’ पनि भन्छौं ।

साधारण मुद्राभन्दा फरक के छ ?

यो एउटा यस्तो मुद्रा हो जुन कुनै देशबाट सञ्चालित होइन । र, यसमाथि कुनै देश तथा व्यक्तिको कुनै पनि किसिमको नियन्त्रण हुँदैन ।

अविष्कारक को हुन् ?

‘सेतोसी नाकामोटो’ नामक सफ्टवेयर डेभलपरद्वारा यसको प्रस्तावना गरिएको हो । जुन एउटा गणितीय प्रमाणका आधारको पेमेन्ट गर्ने प्रणाली हो । यो प्रस्तुत गर्नुको मूल कारण एउटा यस्तो मुद्रा सञ्चालनमा ल्याउनुथियो, जसमाथि कसैको नियन्त्रण नहोस् । र, कमसेकम शुल्क तिरेर कारोबार गर्न पाइयोस् भन्ने हो ।
यसको छपाइ तथा वितरण कसले गर्छ ?
कसैले गर्दैन । यो मुद्राको कुनै पनि किसिमको बैंक वित्तीय संस्था तथा देशबाट भौतिक रूपमा छपाइ तथा वितरण हुँदैन । यो हामी मानिसको समुदयाबीच डिजिटल प्रक्रियाबाट उत्पादित मुद्रा हो । जुन समुदायमा जो कोही पनि आबद्घ हुन सक्छन् । बिटक्वाइन माइनिङ भनेको एउटा गणितीय समस्याको समाधान गर्ने प्रक्रियालाई बुझाउँछ ।

के यो असीमित मात्रामा उत्पादन गर्न सकिन्छ ?

होइन । दुनियाँभरमा गरी २,१०,००,००० बिटक्वाइन मात्र उत्पादन गर्न सकिन्छ । जसमध्ये हालसम्म १,४०,००,००० भइसकेको छ । र, अरू माइनिङ हुने प्रक्रिया जारी छ । एक बिटक्वाइनलाई १० करोड हिस्सामा भाग गर्दा आउने एक भागलाई ‘सेतोसी’ भनिन्छ । त्यसले बिटक्वाइनको आविष्कारकको नामलाई जनाउँछ ।

यो केमा आधारित छ ?

साधारणतः प्रयोग हुने मुद्राहरू सुन तथा चाँदीमा आधारित छन् । जसको मतलब हामी कुनै पनि मुद्रा बैंकमा जमा गर्दा त्यसबराबरको सुन तथा चाँदी प्राप्त गर्न सक्छौं । तर, बिटक्वाइन सुन तथा चाँदीमा आधारित नभएर यो एउटा गणितीय प्रक्रियामा आधारित हो ।
दुनियाँभरमा मानिस सफ्टवेयरका मद्दतले गणितीय सूत्रको प्रयोग गरी यसको उत्पादन गर्छन् । जुन सूत्रहरू जो कोहीले पनि हेर्न सक्छन्, जसलाई हामी ओपन सोर्स पनि भन्छौं ।

यसका विशेषताहरू यस्ता छन् :

विकेन्द्रीकृत मुद्रा : बिटक्वाइन नेटवर्क कुनै देशबाट सञ्चालित होइन । अर्थात् कुनै पनि देशले यसलाई बन्द गर्न सक्दैन ।
सजिलोसँग राख्न मिल्ने : बैंक तथा वित्तीय संस्थाको झमेला पूर्ण खाता खोल्ने प्रक्रिया तथा बैंकको झन्झटिलो नियम तथा शुल्क नलाग्ने । केही सेकेन्डमै यसको सेटअप गरी राख्न मिल्ने ।गुमनाम : बिटक्वाइन राख्न तथा प्रयोग गर्न कुनै पनि किसिमको नाम तथा ठेगानाको आवश्यकता पर्दैन ।पारदर्शी : बिटक्वाइन नेटवर्कमा भएको हरेक गतिविधि एउटा लेजरमा समावेश गरिएको हुन्छ । जुन जो कोहीले पनि हेर्न सक्छन् । जसलाई हामी ब्लकचेन भन्छौं ।
नगन्य शुल्क : एक देशबाट अर्को देश तथा एक ठाउँबाट अर्को ठाउँ बैंक तथा रेमिट्यान्सले ठूलो शुल्क लिने गर्छन् । तर, बिटक्वाइनमा त्यसको शुल्क नगन्य हुन्छ ।
फास्ट : बिटक्वाइनबाट पैसा कहीं पनि पठाउँदा केही मिनेटमै प्राप्त हुन्छ ।
फिर्ता लिन नमिल्ने : कारणवश कुनै गलत ठेगानामा बिटक्वाइन गएमा फिर्ता लिन मिल्दैन, जबसम्म प्राप्तकर्ताले फिर्ता पठाउँदैन ।

बिटक्वाइनबाट के–के गर्न मिल्छ ?

तपाईंले मोबाइलको रिचार्जदेखि पैसा पठाउनेसम्म, अरू मुद्रा जसरी नै बिटक्वाइनबाट हरेक किसिमको कारोबार गर्न सकिन्छ ।

बिटक्वाइन कहाँबाट प्राप्त गर्ने ?

बिटक्वाइन किन्न केही अनलाइन वेबसाइटहरू छन् । जसबाट हामी बिटक्वाइन किन्न सक्छौं या बिटक्वाइन भएको व्यक्तिलाई त्यसबराबरको रकम दिएर लिन सक्छौं ।

के यो गैरकानुनी हो ?

नेपालको सन्दर्भमा भन्ने हो भने, यसबारे कानुनमा केही उल्लेख भएको छैन । जसले गर्दा यो मुद्रा अझै अन्योलमै छ । जबकि, संसारका कयौं देश तथा ठूल्ठूला अन्तर्राष्ट्रिय बैंकबाट मान्यता प्राप्त भएर यसको प्रयोग भइरहेको छ । हालसालै रसियामा पनि बिटक्वाइनले मान्यता पाएको छ ।


Comments

Popular posts from this blog

के हो ब्लकचेन प्रबिधी?

बिटक्वाइनकाे सम्पूर्णा नालीबेली