के हाे बिटक्वाइन ?
के हाे बिटक्वाइन ? बिटक्वाइन भनेको एउटा डिजिटल मुद्रा (Currency) हो । जसको निर्माण र सञ्चालन विद्युतीय रूपले हुन्छ । यो दुनियाँमा प्रयोग भएका कम्प्युटरले गरेको गणितीय समस्याको समाधानबाट उत्पादित मुद्रा हो । जसको उत्पादन हुने प्रक्रियालाई हामी ‘माइनिङ’ पनि भन्छौं । साधारण मुद्राभन्दा फरक के छ ? यो एउटा यस्तो मुद्रा हो जुन कुनै देशबाट सञ्चालित होइन । र, यसमाथि कुनै देश तथा व्यक्तिको कुनै पनि किसिमको नियन्त्रण हुँदैन । अविष्कारक को हुन् ? ‘सेतोसी नाकामोटो’ नामक सफ्टवेयर डेभलपरद्वारा यसको प्रस्तावना गरिएको हो । जुन एउटा गणितीय प्रमाणका आधारको पेमेन्ट गर्ने प्रणाली हो । यो प्रस्तुत गर्नुको मूल कारण एउटा यस्तो मुद्रा सञ्चालनमा ल्याउनुथियो, जसमाथि कसैको नियन्त्रण नहोस् । र, कमसेकम शुल्क तिरेर कारोबार गर्न पाइयोस् भन्ने हो । यसको छपाइ तथा वितरण कसले गर्छ ? कसैले गर्दैन । यो मुद्राको कुनै पनि किसिमको बैंक वित्तीय संस्था तथा देशबाट भौतिक रूपमा छपाइ तथा वितरण हुँदैन । यो हामी मानिसको समुदयाबीच डिजिटल प्रक्रियाबाट उत्पादित मुद्रा हो । जुन समुदायमा जो कोही पनि आबद्घ हुन सक्छन् । बि...
Comments
Post a Comment