Green Soap for Benefits Health

साधारणतया बजारमा पाइने साबुनहरू

वास्तवमा, साबुन दैनिक प्रयोगको साधन भइसकेको अवस्था छ । स्वास्थ रहनका लागि मात्र नभई किटाणुहरुका कारण लाग्ने विभिन्न रोगहरुबाट वच्नका लागि पनि सावुनको प्रयोग अनिवार्य छ । हामी स्वास्थप्रति जिम्मेवार हुँदाहुँदै पनि चेतनाको कमीले फेरी नजानिदो तरिकावाट त्यहि खाडलमा फस्न पुग्छौ । प्रतिस्पर्धात्मक बजारले गुणस्तर भन्दा पनि मूल्यलाई प्राथमिकता दिएको हुनाले समस्याबाट मुक्ति पाउनु भन्दा झन् समस्यातर्फ धकेल्ने खालका सामानहरु उपलब्ध गराइराखेको छ । आयातित वस्तुहरुको गुणस्तर वास्तविक भन्दा फरक खालले विज्ञापन गरिन्छ । हामी विज्ञापनको आधारमा वस्तु छनौट गर्छौ ।

सौन्दर्य हरेक मानिसको राज हो । जो कोहि व्यक्ति पनि आफु सुन्दर भएको हेर्न चाहन्छ । सुन्दर हुनको लागि बजारमा पाइने हरेक खालका फेसनदार र महंगा सामानहरुको प्रयोग नै हो भन्ने ठान्दछौ । बजारमा पाइने साबुनहरु जनावरको बोसो र खनिज तेल मिसाएर उत्पादन गरिन्छ । उक्त साबुनको लगातार प्रयोगबाट मानव छालामा अवान्छित प्रभावहरु देखिन्छन् । साधारणतया बजारमा पाइने साबुनमा सोडिएम लौरेल सल्फेट (Sodium Laurel Sulfate) को प्रयोग गरेको हुन्छ, जसले प्राकृतिक रुपमा छालाबाट निस्कने तेलहरुलाई कडा बनाइदिने हुँदा छालाका छिद्रहरु वन्द हुने गर्छन् । जसको कारण पसिनाबाट निस्कने शरिरका विकारहरु ९त्यहष्लक० निस्कन नपाउँदा विभिन्न छालाजन्य समस्याहरु देखिने गर्दछन् । यसको साथै सोडिएम लौरेल सल्फेट (Sodium Laurel Sulfate) को लगातार प्रयोगले एलर्जी, आँखा पोल्ने, छालाका विभिन्न समस्या तथा क्यान्सर सम्म हुने तथ्य अनुसन्धानबाट पत्ता लागेको छ । कतिपय मानिसलाई जनावरको बोसोको कारणले त्यस्ता साबुनको प्रयोगले एलर्जी हुने गरेको पनि पाइएको छ । 
तर वर्तमान उपभोक्ताको रुचि र वास्तविकता अलि फरक छ । वस्तुहरु प्रयोग गर्नुभन्दा अगाडि मूल्यभन्दा पनि वस्तुहरुको समिश्रण र त्यसको प्रयोगबाट पर्ने प्रभावलाई मुख्य ठान्नुपर्दछ । तसर्थ सर्वोदय बहुृउद्धेश्यीय सहकारी संस्था लिमीटेडले खर्वाङ चिउरी हर्वल उद्दोग संगको सहकार्यमा उपभोक्ताको सौन्दर्यप्रतिको मोहलाई ध्यानमा राखेर उच्च गुणस्तरको हिमाली जडिबुटिजन्य समिश्रणबाट तयार पारिएको विभिन्न किसिमका सावुनहरु बजारमा ल्याएको छ । जडिबुटिमा दक्ष विशेषज्ञहरुबाट अध्ययन तथा अनुसन्धान पूरा गरि बजारमा ल्याइएको उक्त साबुनको प्रयोगबाट धेरै उपभोक्ताहरु लाभान्वित भएकोमा सर्वोदय बहुृउद्धेश्यीय सहकारी संस्था लिमीटेड गर्व गर्दछ ।

ग्रिन  चिउरी हर्वल साबुन

सर्वोदय बहुृउद्धेश्यीय सहकारी संस्था लिमीटेडले विक्री वितरण गर्ने खर्वाङ चिउरी हर्वल साबुनमा प्राकृतिक सुगन्धित तेलहरु तथा हिमाली जडिबुटिहरु रहेको हुँदा हामीले नुहाँइसकेपछि पनि यी तेलहरुको विशेषता अनुसार छालाको छिद्रहरुमा रहने गर्दछन् । यी तेलहरुको हानिकारक जिवाणु मार्ने गुण ले गर्दा यी साबुनहरुको नियमित प्रयोगले छालाजन्य धेरै समस्याहरु समाधान गर्नुका साथै सौन्दर्यताको ताजलाई पनि बचाइराख्नछ ।
नुहाउने साबुन प्रयोग गरिने मुख्य तीन कारणहरु तथा बास्तविकता
१) शरीरलाई फाहोर मैलाबाट सफा राख्न 
खनिज तेल तथा जनावरजन्य बोसो प्रयोग गरिएका साबुनहरुले वाहिरी फोहोर मैला सफा भएपनि छालाका छिद्रहरुलाई विस्तारै बन्द गर्दै जाने हँुदा पसिनाको माध्यमबाट निस्कने आन्तरिक फोहोरहरु निस्कन पाउदैन । सर्वोदय बहुउद्धेश्यीय सहकारी संस्था लिमीटेड बाट बिक्री वितरण गरिएका चिउरी हर्वल साबुनहरु हिमालय जडिबुटिबाट तयार पारिएको हुँदा यसको प्रयोगबाट कुनै हानी नपार्ने भएकोले बाह्य तथा आन्तरिक दुवै फोहोर शरिरबाट प्रभावकारी ढंगले निस्कन्छ ।
२) ताजा तथा स्फूर्ती महसुस गर्न
बिडम्वना के छ भने बजारमा पाईने बहुसंख्यक साबुनहरुमा कृतिम बास्नादार तेल र रङ्गहरुको प्रयोग गरिएको हुँदा जून ताजापन हामीले महशुु गर्छौ, त्यो अप्राकृतिक छ । खनिज तेल र वास्नादार तत्वहरु केही क्षणका लागि राम्रो देखिए पनि कालान्तरमा प्रत्युतपादक नै हुन्छन् र अनेकन छालाजन्य रोगहरु निस्किराखेका हुन्छन् । तसर्थ, प्राकृतिक सुगन्धित तेलहरु र बहुउपयोगी हिमाली जडिबुटीहरुमात्र प्रयोग गरिरहेको साबुनले नुहाँउदा जुन प्राकृतिक ताजापन तथा स्फूर्ती प्राप्त गर्दछौ साथसाथै छालाजन्य रोगहरुबाट पनि मुक्ति पाउँदछौ ।
३) साधारण छालाजन्य समस्याबाट मुक्त हुन
बजारमा पाइने सामान्य साबुनमा हुने जनावरजन्य बोसो तथा सोडिएम लौरेल सल्फेट (Sodium Laurel Sulfate) खनिज तेलहरुमा पाईने एक प्रकारको तत्व, जसको कारणबाट हाम्रो शरीरमा पाइने ग्रन्थी बाट निस्कने प्राकृतिक तेलहरुलाई जमाउने काम गरी चिनी जस्तो क्रिष्टल दाना बनी शरीरमा छालाका छिद्रहरुलाई टाल्ने काम गरी क्यान्सर लगायत छालाजन्य समस्या जस्तै लुतो, दाद, डन्डिफोर जस्ता समस्याका कारक बन्दछ । छालाका झिल्लीहरु विस्तारै मर्दै जाने हुँदा छाला कडा भई बुढ्यौलीपन देखिने हुन्छ । सर्वोदय बहुउद्धेश्यीय बाट वितरित साबुनहरुमा यी अवयवहरुको सट्टामा हुने प्राकृतिक सुगन्धित तेलहरु तथा हिमाली जडिबुटीहरुको प्रयोगबाट यस्ता छालाजन्य समस्याहरु निकै प्रभावकारी ढंगले समाधान हुनेमा निश्चित छ ।


ख्याल गर्नुपर्ने कुरा


१) कुनै पनि साबुनहरु छालाको लागि बनाइएको हुनाले कपालको चाँयाको लागि यो साबुनले काम गर्छ भनी दावी गर्न मिल्दैन तर कपालको छालाको खराबीमा भने यो सावुनमा प्रयोग गरिएको जडिबुटीको कारणले काम गर्छ ।
२) अनुहार तथा अन्य भागमा आउने पोतो हाम्रो पाचन प्रणाली तथा हर्मोनमा भएको गडबढीले पनि विकास हुने हुँदा त्यो अवस्थामा पोतो हट्न गाह्रो हुन्छ । तर अधिकांश पोतोहरु सुर्यको विकिरण प्रदुषण तथा गुणस्तरहिन क्रिम तथा लोशनको प्रयोगको कारणले आउने हुँदा त्यसरी आएको पोतोमा चिउरी हर्वल सावुनको निरन्तर प्रयोगले निश्चित रुपले फाइदा गर्दछ ।
३) यदि चिउरी हर्वल सावुनहरु प्रयोग गर्दा एलर्जी भएको पाइएमा प्राकृतिक तेलहरुको कारणले एलर्जी भएको मानिनेछ । किनकी प्राकृतिक तेलहरु सबैलाई उपयुक्त हुन्छ भन्ने ग्यारेन्टी छैन । त्यसैले ७ दिन सम्ममा पनि एलर्जी कम भएन भने त्यसपछि प्रयोग नगर्नु उचित हुन्छ । र कम्पनीमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।
र अन्त्यमा, प्राकृतिक वानस्पतिक हर्वल चिउरी सावुनलाई नियमित र नियमपूर्वक प्रयोग गर्न सक्यौ भने तपाई हामी सवैको छाला नरम, कोमल, स्वास्थ्य सुन्दर बन्छ भन्ने कुरामा हामी विश्वस्त छौ ।


Comments

Popular posts from this blog

के हो ब्लकचेन प्रबिधी?

बिटक्वाइनकाे सम्पूर्णा नालीबेली

के हाे बिटक्वाइन ?