के हो ब्लकचेन प्रबिधी?
ब्लकचेन प्रविधि क्लस्टर अफ कम्प्युटर (कम्प्युटरहरुको एउटा सञ्जाल) हो । यसमा कुनै एउटा कम्प्युटरले अर्कोलाई कन्ट्रोल गर्ने भन्ने सेन्ट्रलाइज्ड सिस्टम हुँदैन । सबैले संयुक्त रुपमा एउटा चेनमा बसेर ब्लक बनाउने र त्यसलाई माइनिङ गर्ने सबैले संयुक्तरुपमा भेरिफाइड गर्ने काम गर्नुपर्ने हुन्छ । जब चेनमा भएका सबै कम्प्युटरहरुले कुनै ब्लकलाई भेरिफाई गर्छन्, अनि मात्रै त्यो ब्लक ब्लकचेनमा थपिन्छ । इम्युटेबल (युनिक) क्रिप्टोग्राफिक डिस्ट्रिब्युटेड लेजर र डिसेन्ट्रलाइज्ड अल्गोरिदम प्रयोग गरेर ब्लकचेनले काम गर्छ । ब्लकचेनको हरेक कारोबारमा एउटा ब्लक तयार हुन्छ र त्यसलाई चेनमा भएका सबै कम्प्युटरले भेरिफाई गर्दछन् । यसो गर्दा कुनै एउटा कम्युटरको अथवा केन्द्रीकृत अथोरिटीको नियन्त्रणमा नभएर ब्लकचेनमा प्रयोग भएका कम्प्युटरहरुको यसमा एकीकृत किसिमको नियन्त्रण रहन्छ । क्रिप्टो करेन्सीलाई ब्लकचेन प्रविधिको अहिलेसम्मको सबैभन्दा प्रभावकारी प्रयोग मानिन्छ । तर यसलाई क्रिप्टो करेन्सीमा मात्र नभएर अन्य विविध क्षेत्र र प्रयोजनमा उपयोग गर्न सकिन्छ । उदाहरणको रुपमा म्युजिकलाई ब्लकचेन प्रविधिमा इनकोड गरेर राख्न सकिन्छ
Comments
Post a Comment